मापसे गरेर सवारी चलाउँदा ४८ जना कारबाहीमा


काठमाडौं, आषाढ २ । काठमाडौं उपत्यकामा बुधबार दिउँसोसम्म सडक र सवारी सन्चालनको अवस्था सामान्य रह्यो ।

मंगलबार भएको सवारी चेकजाँचका क्रममा विभिन्न अभियोगमा ९ सय ८३ जना सवारीचालक कारबाहीमा परेका छन् । जसमा लेन अनुशासनको कारबाहीमा ७३ ओटा सवारी तथा मादकपदार्थ सेवन गरी सवारी चलाएको कसुरमा ४८ जनालाई कारबाही गरिएको छ ।

मंगलबार बिहान
६ बजेदेखि बुधबार बिहान ६ बजेसम्मा ५८ हजार ९ सय यात्रु उपत्यकाबाट बाहिरिएका छन् भने ६१ हजार ४ सय यात्रु उपत्यका भित्रिएका छन् ।

हवाई यातायातर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडानहरु पनि बुधबार दिउँसोसम्म नियमित रुपमा सन्चालन भैरहेको छ ।





प्रतिक्रिया दिनुहोस्...