बाँच्न नसक्ने भन्दै जापान आइपुगेकी नेपाली महिला बेपत्ता (चिठ्ठीसहित)


टोकियो । जापान पुगेकी एक महिला अब आफू बाँच्न नसक्ने भन्दै चक्कु लिएर वेपत्ता भएकी छन् । शनिबार बिहान करिब ७ बजेतिर सेन्दाई आवबाकुमा बस्ने रेवत राईकी श्रीमती देवमायाँ राई चक्कु लिएर बेपत्ता भएकी हुन् । उनको परिवारका सदस्यले अब आफू बाँच्न नसक्ने किसिमको चिठ्ठी लेखेर घरमा भएको चक्कुसमेत नभेटिएकोले आफूहरु चिन्तित भएको भन्दै खोजी कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । परिवारका सदस्यले उनी हराएको थाहा पाउनेवित्तिकै देखि खोजी कार्य सुरु गरिएपनि अहिलेसम्म फेला पार्न नसकेको जनाउँदै खोजी कार्यमा सहयोग गर्न आग्रह गरेका हुन् । राईका बारेमा जानकारी भएमा उनका श्रीमान् रेवत राईको फोन नं.०९०९४२५२४६४ वा तेज अर्यालको ०८० ३५५७ ८२३३ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ । उनले लेखेको पत्रमा आफू जापानमा विगत महिनौदिनदेखि बेरोजगार रुपमा कोठामा बस्दा आफूलाई समस्या भएको उल्लेख गरेकी छन् । राईले आफूलाई नेपालमा रहेका घरपरिवारको धेरै याद आइरहेको भन्दै ऋण तिरेर नेपालमै घरपरिवारसँगै खुसीसाथ बस्ने इच्छा व्यक्त गरेकी छन् । वेपत्ता हुनुअघि उनले लेखेको चिठ्ठी यस्तो छ । आदरणीय दाजु तपाईलाई धेरै दुःख दिदैछु । अब म पनि काम गर्न थालेपछि तपाईलाई पनि सहज हुन्छ होला भन्ने आश लिएको छु । दाजु मेरो लागि सायद अब त ५–६ लाख जति चाँडै चुक्ता गर्नुपर्छ है । त्यसपछि हाम्रो प्यारो बाबा–आमा अनी नानाहरुलाई पनि कहिले कमाएर पठाउने अनि हाम्रो प्राणभन्दा प्यारो छोरीको लागि पढाइ खर्च कमाउनुपर्छ । त्यसपश्चात हामी घरमा नै सपरिवार बस्नुपर्छ ल । घरमा आमा बाबालाई पनि कति टेन्सन मात्र दिनु । त्यसमाथि हाम्रो मायाको चिनोलाई पनि आमाबाबाको साथ चाहिन्छ अनी माया चाहिन्छ । म अब जाने पनि नजाने पनि जस्तो पनि काम गर्छु, चाहे कराओस–कुटोस सब सहेर काम गर्छु । यसरी तपाईलाई रात दिन नभनी कमाएको खाँदै बसेको पनि अब त महिना दिन भयो । अरुको नजरमा पनि अब मलाई के नै भन्दैहोला जस्तो लाग्छ भन्छु । यसरी कोठामा बसेर म कहिले पनि हुँदैन एउटा अशक्त मान्छे त आफ्नो पेटेको लागि काम गरेर खान्छ । तर म तपाईको सहारामा आजसम्म बाँचिरहेको छु । हाम्रो रञ्जना भान्जी पनि अब त सायद हामीलाई के सोच्दैहोला । हाम्रो छोरीले एक छिन पनि टाढा जान दिँदैनरे । हामीले गर्दा उसको भविष्य पनि बिग्रिन सक्छ जस्तो लाग्छ के गर्नु । मैले सोचेको छु अब हाम्रो ऋणहरु चुक्ता भएपनि घर गएर हाम्रो आमा–बाबा, घरपरिवार सँग खुसी भएर बस्नुपर्छ । मलाई त घरपरिवारको याद मात्र आइरहन्छ । कहिले घर जाउँजस्तो हुन्छ के गर्ने ? हुनत तपाईले यति धेरै माया गरेर मलाई यहाँसम्म पुर्‍याउनुभयो । मलाई खुसी लाग्छ । तपाई पढेकोले गर्दा जापान हेर्ने अवसर पाए । यो नै मेरा लागि खुसीको कुरा हो । तपाईलाई धेरै धेरै धन्यवाद हैत दादा हजुर । देवमाया राई -




प्रतिक्रिया दिनुहोस्...