पाकिस्तानी सांसदले भनेः नरेन्द्र मोदीलाई पक्राउ गर्नेलाई १ अर्व पुरस्कार


१९ जेठ, एजेन्सी । पाकिस्तानी एक सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पक्राउ गर्नेलाई १ अर्व पुरस्कार दिने घोषणा गरेका छन् । पाकिस्तानी सञ्चार माध्यमलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम आजतकले जनाए अनुसार जमात-ए-इस्लामीका नेता र भारतीय प्रधानमन्त्री विरुद्ध उनले पक्राउ आदेश जारी गरेका हुन् ।


पाकिस्तानी सांसद सिराजुल हकले पाकिस्तान प्रशासित कश्मिरकरावलकोटमा एक सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

ती सांसदले मोदीले अतिबादी नेता सलाउद्दीनलाई पक्राउ गर्न नसक्ने भन्दै उनले सलाउद्दीनलाई पक्राउ गर्नेलाई ५० करोड र मोदीलाई पक्राउ गर्नेलाई १ अर्व दिने बताए ।

सिराजुल हक पाकिस्तानी संसदको माथिल्लो सदन सिनेटका सदस्य हुन् । उनले कश्मिर मुद्धा मिल्न नसक्ने र भारत र पाकिस्तान मित्र बन्न नसक्ने पनि बताएका छन् । 




प्रतिक्रिया दिनुहोस्...