भूकम्पले चर्काएका घर अब रिमोट कन्ट्रोलबाट भत्काइने



काठमाडौँ, २५ जेष्ठ - भूकम्पले बस्नै नमिल्ने गरी चर्काएको घर धमाधम भत्काउने काम भैरहेको छ।

नेपाली सेनाले मुस्किलले साढे चार तलासम्मको भवन भत्काए पनि उपकरण र प्रविधिको अभावले त्यो भन्दा अग्ला घर छुने आँट कसैले गरेका छैनन्। काठमाडौं उपत्यका भित्र झण्डै २ हजार अग्ला घर भत्काउनुपर्ने अवस्थाका छन्। यस्ता अग्ला घर भत्काउन विदेशी प्राविधिककै सहायता चाहिने कुरा भैरहँदा काठमाडौं महानगरपालिकाले विदेशबाट उपकरण खरिद गरेर ल्याउने प्रक्रिया अगाडि बढिसकेको जनाउ दिएको छ।

अग्ला घर भत्काउन चाहिने केही उपकरणहरु खरिदका केन्द्रीय दैवी प्रकोप उद्धार समितिलाई माग गरिसकेका छौं, उपकरण प्राप्त भएपछि यसलाई क्रमिक रुपमा भत्काउँदै लैजानेछौं काठमाडौं महानगरपालिका, भौतिक विकास तथा निर्माण विभागका प्रमुख डा उत्तर रेग्मीले भने।

यो कस्तो उपकरण हो त ? प्रमुख रेग्मी भने, यो कङक्रिट कटर हो, यसको ओजन साढे पाँच टन मात्र हुन्छ र यो रिमोटबाट कन्ट्रोल हुन्छ। त्यो उपकरणलाई कुनै अर्को उपकरणले अर्थात क्रेनले लिफ्ट गरेर माथि लैजान सक्छौं, यो उपकरणको सहायताबाट जतिसुकै अग्लो भवन पनि काट्न सक्छौं।

रेग्मीका अनुसार नयाँ प्रविधि र नयाँ उपकरण भित्र्याउँदा दक्ष प्राविधिक पनि सँगसँगै ल्याइनेछ र सँगसँगै नेपाली कामदारलाई पनि दक्ष बनाईनेछ। मेशिनसँगै विदेशी प्राविधिक त ल्याउनै पर्छ, तयो प्याकेजमै आउँछ, सम्बन्धित कम्पनीले मेशिन सप्लाई गर्दा नै त्यो सेवा पनि दिनुपर्ने टेण्डर डकुमेन्टमै राखिएको हुन्छ, किनकी यहाँका प्राविधिकलाई पनि तालिम दिनुपर्छ, भौतिक विकास तथा निर्माण विभाग प्रमुख डा उत्तर रेग्मीले भने, त्यो त्यस्तो किसिमको जटिल उपकरण होइन।

यस्तो उपकरण कहिले आईपुग्छ ? यो सबैको चासोको विषय हो। तर डाक्टर रेग्मी भने यो यो नियमित प्रक्रिया भएको बताउछन्। यो नियमित गर्नुपर्ने काम भएकाले यो दिन नै आइपुग्छ भन्न गाह्रो छ, भोलिको दिनमा कानुन विपरीत काम गर्नेलाई दण्डित गराउन पनि हामीसँग उपकरण हुनैपर्छ।

स्रोत: उज्यालो अनलाइन





प्रतिक्रिया दिनुहोस्...