माउन्टेनको हेलिकोप्टर यमुना डाँडामा दुर्घटनाग्रस्त, ५ जनाको मृत्यु


दुर्घटनामा परेको हेलिकोप्टरको फाइल तस्विर।
सिन्धुपाल्चोककको बलेफी नजिक माउन्टेन हेलिकोप्टर्सको ९एनएजेपी कलसाइन भएको हेलिकोप्टर मंगलबार दिउसो दिउँसो ४ः २० बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। हेलिकोप्टरलाई क्याप्टेन सुदेक श्रेष्ठले उडाएको त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलका महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले नागरिकन्युजलाई बताए।


प्रत्यक्षदर्शी अर्जुन सापकोटाका अनुसार बलेफीनजिक यमुना डाँडा-८ सालघारी जंगलमा हेलिकोप्टर खसेर दुर्घटनाग्रस्त भएको हो।
प्रहरी निरीक्षक मन्जिल मुकारुङले हेलिकोप्टर दुर्घनामा परेको पुष्टि गरे। बलेफी प्रहरी चौकीका असइ मेघराज पनेरुका अनुसार दुर्घटनास्थलमा ४ शव फेला परेका छन्। 'चार पुरुष र एक महिलाको शव भेटिएको छ', घटनास्थलबाट उनले नागरिकन्युजसँग भने, 'दुई जनाको शव चिन्न सक्ने अवस्थामा छ तर पहिचान हुन सकेको छैन।'

जलेर हेलिकोप्टर पूर्णरुपमा ध्वस्त भएको छ।




प्रतिक्रिया दिनुहोस्...