घर आउन ठीक्क परेका दिपकले यसकारण मलेसियामै झुन्डिएर आत्महत्या गरे.....


हाँसी खुसी मलेसिया बाट घर  फर्कन थालेका पाल्पाको कोलडाँडाका दिपक मगर आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् । उनलाई झुन्डिएको अवस्थामा देख्दा उनका साथीहरु पनि हेरेकोहेर्रेइ भएका थिय । आफूलार्इ गम्भीर रोग लागे पनि डाक्टर र साथीहरुले आफुलाई ढाँटेको भन्दै केही दिनदेखि मानसिक चिन्तामा परेका उनले अकस्मात झुन्डिएर आत्महत्या गरेका खुलेको छ  । इपोको मेनसिटीस्थित मेरी ब्राउन रेस्टुरेन्टमा काम गरिरहेका उनि मलेशिया गएको मात्र ३ वर्ष भएको थियो। घर फर्कने भन्दै दिपकले आइतबार बजारमा सामान किनमेल पनि गरिसकेका थिए । त्यहिक्रममा उनि बिरामी परेका थिए त्यसपछि उनलाई उपचारका लागि अस्पतालसमेत लगिएको थियो । एक्सरे र ल्याब परीक्षण गर्दा रोग पत्ता नलागे पनि मगरले आफूमा गम्भीर रोग लागेको बताउँदै आएका थिए ।दिपकको शव नेपाल पठाउने प्रकृया थालिएको छ ।
तस्विर - अन्नपुर्ण पोस्ट




प्रतिक्रिया दिनुहोस्...