माओवादीले यसरी गरे प्रहरीको हत्या
फोटो :एजेन्सी
एजेन्सी : नेपालका माओवादी शान्तिपूर्ण राजनीतिमा रमाइरहँदा भारतका माओवादी भने दिनदिनै हिंस्रक बन्दै गएका छन् ।
कुनै बेला नेपालका माओवादीसँग सहयोग लेनदेन गर्ने भारतीय माओवादीले पछिल्लो पटक चारजना प्रहरीको विभत्स हत्या गरी सडकमा फ्याकिदिएका छन् ।
भारतको छत्तिसगढस्थित बिजापुर जिल्लामा माओवादीले सोमबार राति अपहरण गरेका चारजना प्रहरीको जनअदालतको आदेशमा हत्या गरेका हुन् ।
माओवादी जनअदालतले हत्या गरेपछि सडकमा फालिएका प्रहरीका शव कयौं घन्टासम्म सडकमा अलपत्र परे । अलपत्र परेका शव छेउमा कुकुरको झुन्ड जम्मा भएको थियो ।
ती प्रहरीको शव बुधबार बिहान बिजापुर जिल्लाको कुटरुमा फेला परेका थिए । बिहान ६ बजे फेला परेका शवसम्म पुग्न भारतीय पुलिसले तीन घन्टा लामो कसरत गर्नुपर्यो ।
माओवादीले हत्या गरेका प्रहरी जवानहरुमा जयदेव यादव, मंगल सोढी, राजु तेला र रामा मज्जी रहेका छन् । आफ्ना सहकर्मीको शव भेटिएपछि प्रहरीको स्पेशल एन्टी नक्सल अपरेशन टिम उनीहरुका हत्यारा खोज्न जुटेका छन् ।

छत्तिसगढ सरकाले प्रहरी जवानको हत्यालार्इ माओवादीको घिनलाग्दो कामको संज्ञा दिएको छ । प्रहरीको शवसँगै माओवादीले छाडेको प्रचामा प्रहरी बनेपछि चारैजनाले गाउँलेमाथि ज्यादती गरेको आरोप लगाएका छन् ।
माओवादीले ती प्रहरीमाथि युवतीलार्इ जिस्क्याएको र माओवादीविरोधी गतिविधिलार्इ उकासेको आरोप पनि लगाएका छन् । प्रचामा माओवादीले प्रहरी बनेर गाउँलेमाथि अत्याचार गर्ने कसैलार्इ पनि नछाड्ने चेतावनी दिएको छ ।
माओवादीले प्रहरीबाट गाउँलेमाथि भइरहेको ज्यादतिको अन्त्य र अपरेशन ग्रिन हन्ट बन्द गर्नुपर्ने पनि माग गरेका छन् ।
माओवादीले सोमबार छत्तिसगढको सतनापल्ली इलाकाबाट सोमबार चार प्रहरीलार्इ अपहरण गरेका थिए । यी जवान बिजापुरबाट कुटरूसम्म गइरहेका थिए ।

दुर्इ जवान बसमा सवार थिए भने दुर्इ जना मोटरसाइकलमा गइरहेका थिए । माओवादीले उनीहरुलार्इ सकनापल्ली गाउँको नजिकै घना जंगल रहेको ठाउँमा रोकेका थिए ।
स्थानीय मानिसले प्रहरीलार्इ बचाउने कोशिस पनि गरेका थिए । तर माओवादीले ती गाउँलेलार्इ धम्की दिएर त्यहाँबाट खेदेपछि प्रहरीको अपरहण गरेका थिए ।