यसरी फालिएकी नवजात शिशुले पाइन बुबा आमाको कोख


मानिन्छ बच्चा भगवानको रुप हो तर कसैले नवजात शिशु जन्मे भने तिनीहरुलाई हेला गर्छन भने कसैले असुइकर गर्छन । त्यसैगरी जनकपुरधाम भने बेवारिसे अवस्थामा फालिएकी नवजात छोरीले १५ दिनपछि आमाको काख पाएकी छिन् । जनकपुर उपमहानगरपालिका–१ रेल्वे स्टेशननजिकै झाडीमा फालिएको अवस्थामा स्थानियवासीले उद्धार गरेकी नवजात शिशुलाई जनकपुरकै एक दम्पत्तिले धर्मपुत्रीको रुपमा अपनाएपछि छोरीले आमाबुवाको साथ पाएकी हुन् । छोरी अपनाउन गाह्रो मान्ने मधेसी समुदायमा उदाहरण बन्दै ३५ वर्षीय रामकुमार साह र ३१ वर्षीया निर्मला साहले नवजातलाई ‘गोद’ लिएका हुन् । विहे भएको १७ वर्ष भईसक्दा पनि निसन्तान साह दम्पत्तिले सन्तान पाउन धेरै उपचार गराउँदा पनि सफल भएका थिएनन् । टेस्टट्युब बेबी लिन प्रयास गर्दा त्यो पनि गर्भमा रहन सकेको थिए । त्यसपछि सन्तान पाउने आशा मेटिएका बेला अनायास बच्ची फालिएको खबर पाएपछि छोरीको रुपमा अपनाएको निर्मलाले बताइन् । सबै सुख सुविधा भएर पनि जीवन खुशी नभएको बेला एक्कासी छोरी घरमा आएपछि खुशियाली आएको रामकुमारले सुनाए । ‘जसले फाल्यो उसको लागि दुर्भाग्य होला’, उनले भने, ‘तर, हाम्रो लागि यो बच्चीलाई पाउनु ठूलो सौभाग्य हो ।’ छोराछोरी जेसुकै भएपनि आफूहरुलाई सन्तानको आश रहेकोले नवजात शिशु भेटिएको थाहा पाउनेबित्तिकै उसलाई अपनाउने प्रक्रियामा लागेको रामकुमारले बताए । भेटिँदा डेढ किलोमात्र तौल रहेकी शिशुलाई स्यहार सुसार गर्दै दुई किलो बनाएको उनले बताउ । अब यीनै छोरी आफुहरुको जीवन भएकाले स्यहारसुसारमा कमी हुन नदिने निर्मलाले खुशी हुँदै सुनाइन् । शिशुलाई १४ दिनसम्म जनकपुर अञ्चल अस्पतालमा राखिएको थियो । छोरी भेटेर आफूहरुको सपना पुरा भएकोले उसको नाम पनि सपना राखेको निर्मलाले बताइन् । पछिल्लो समयमा जनकपुरमा नवजात शिशु फाल्ने क्रम बढ्दै गएको छ । फालिएका शिशुमा छोरा भेटिए धर्मपुत्र राख्न निवेदन दिनेहरु थुप्रै आउने गरेका छन् । तर छोरी भेटिएमा त्यसलाई अपनाउने इच्छा थोरैलेमात्र गर्ने गरेको जिल्ला बाल कल्याण समितिका बाल अधिकृत सञ्जीव महतोले बताए । छोरीलाई भाग्यमानी भन्ने कि यी २ आमा बुबालाई भन्ने त । जो भाग्यमानी भए पनि दुबैको भबिस्यको उज्वल कामना गर्दछौ । स्रोत : सत्य खबर




प्रतिक्रिया दिनुहोस्...