चना खानुका फाइदाहरु
चना खानु स्वास्थ्यका लागी फाइदाजनक हुन्छ, त्यो पिसेको होस् या टुसा पलाएको होस् । चनामा पाइने पौष्टिक तत्वहरू कार्बोहाइड्रेट, प्रोटिन, आइरन, भिटामिन, क्याल्सियमका कारण स्वास्थ्यको लागी फाइदाजनक हुन्छ । दिनहुँ चनाको प्रयोगका केही फाइदाहरू यस्ता छन् :
१. टुसा पलाएको चना सामान्य चनाभन्दा कैयौ गुणा पौष्टिक हुने हुनाले टुसा पलाएको चना दैनिक प्रयोग गर्नु स्वास्थ्यका लागी राम्रो मानिन्छ ।
२. चना प्रयोगले सुन्दरता बढ्नुका साथै मष्तिष्क पनि तेज हुन्छ ।
३. दैनिक रूपमा चनाको रोटी दश दिन खानाले मधुमेह रोगलाई कन्ट्रोल गर्छ ।
४. पत्थरीको समस्यामा पनि चना फाइदाजनक हुन्छ । राती एक मुठ्ठी चनाको दाल भिजाएर बिहान महसँग मिसाएर खानु राम्रो हुन्छ ।
५. गर्भवती महिलामा यदी बान्ता हुने समस्या छ भने चनाको सातु खुवाउँदा उक्त समस्याबाट राहत मिल्छ ।
६. नियमित चनाको प्रयोगले रगत सफा गर्छ जसले छालालाई ममुलायम बनाउँछ ।
७. चनाले यौनशक्ति बढाउन पनि मद्धत गर्छ ।
८. दैनिक रूपमा चनाको प्रयोग गर्नाले कपाल झर्ने समस्याबाट पनि केही हदसम्मछुटकारा पाउन सकिन्छ
कालो चनाको फाइदाहरु यस्ता छन् जसले तपाई चकित पार्नेछ
