चीनमा भीषण बिष्फोट, भूकम्पले झै जमिन हल्लायो (फोटो फिचर)
फोटो :एजेन्सीहरु
एजेन्सी : चीनको उत्तरी पूर्वी शहर तियानजिनमा बुधवार मध्यराति भीषण विस्फोट हुदाँ कम्तीमा ४४ जनाको ज्यान गएको छ । ४ सय भन्दा बढी घाइते भएका छन् । चीनको सरकारी टेलिभिजनका अनुसार विस्फोट राति ११ बजेर ३० मिनेटमा भएको थियो । यो धमाका विस्फोटक पदार्थ राखिएको अखाडामा भएको हो ।
घटनापछि आगो निभाउन घटनास्थलमा अग्निनियन्त्रकका सयौं गाडी त्यहाँ पुगेका थिए । यो विस्फोटबाट मानवीय र भौतिक क्षतिको विवरण अझै बढ्न सक्ने अनुमान गरिएको छ । बिष्फोट पश्चात एपी, एएफपी रोएटर्स, सिन्हुवा लगाएर एजेन्सीहरुले खिचेका फोटोहरु हेनुस् :
