सुर्खेतमा कांग्रेस-एमाओवादीको आमसभामा ढुंगामुढा


फोटो :फाइल फोटो
जाजरकोटका आधा दर्जन सरकारी कार्यालयमा तोडफोड
सुर्खेत: अखण्ड मध्यपश्चिमको माग गर्दै दलहरुले आयोजना गरेको आमसभामा आज साँझ आक्रमण भएको छ। सुर्खेतको सदरमुकाम बीरेन्द्रनगरमा कांग्रेस र एमाओवादीले गरेको संयुक्त आमभसमा  आक्रमण भएको हो । आमसभामा ढुंगामुढा प्रहार गरिएको छ ।  
आक्रमणकारी एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । अन्य व्यक्तिहरुको खोजी भइरहेको पनि  प्रहरीले जनाएको छ 
यस्तै जाजरकोटमा प्रदर्शनकारीले आधा दर्जन सरकारी कार्यालयमा तोडफोड गरेका छन्। उनीहरुले जिल्‍ला प्रशासन कार्यालय, मालपोत लगायतका कार्यालयमा  तोडफोड गरेका हुन्। तोडफोडका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा आधा दर्जन प्रदर्शनकारी घाइते भएका छन्। घाइतेको जिल्‍ला अस्पतालमा उपचार भइरहेको छ । 






प्रतिक्रिया दिनुहोस्...