राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच यसरी भयो झडप (भिडियोसहित)


काठमाडौं, श्रावण २९ । राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीच राजधानीको नयाँ बानेश्वरमा शुक्रबार दिउँसो झडप भएको छ ।

हिन्दूराष्ट्र कायम गर्न माग गर्दै राप्रपा नेपालले माइतीघर मन्डलाबाट निकालेको जुलुसले नयाँ बानेश्वमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रदर्शनकारीहरुसंविधानसभा भवन वरपरको निषेधित क्षेत्रमा प्रवेश गरेर अनियन्त्रित बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो । झडपका क्रममा राप्रपा नेपालका केही कार्यकर्ता घाइते भएका छन् भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झडपका कारण नयाँ बानेश्वर क्षेत्र एक घन्टा जति अशान्त बनेको थियो । संविधानबाट धर्मनिरपेक्षता हटाइ नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने माग राख्दै राप्रपा नेपालले सदन र सडकमा विरोध गर्दै आएको छ । 





प्रतिक्रिया दिनुहोस्...