सडकमै महिलालाई तरवार हानेर फोटो खिच्ने पोज (तस्विर सहित)
१ मिटर लामो तरबार प्रहार गरेर महिलालाई सडकमै हत्या गरेपछि ती पुरुषले ढुक्कसँग फोटो खिच्ने स्टाइलमा पोज दिएको तस्विर देखिन्छ ।
गाओ नामका ती पुरुषले महिलालाई लखेट्दै आएर हत्या गरेको प्रत्यक्षदर्शीले बताएका छन् । चाइना डेलीका अनुसार ती पुरुषको विषयमा प्रहरीले कुनै टिप्पणी गरेको छैन ।
चिनियाँ सामाजिक सञ्जालमा भने ती पुरुषलाई फ्रान्सेली भनेर चर्चा गरिएको छ । आक्रमणमा परेकी महिला पश्चिम शाङदोङ प्रान्तकी भएको चाइना डेलीले जनाएको छ ।
पुलिस आएपछि भने ती पुरुषले आफ्नो पेटमा समेत छुरी रोपेका थिए । त्यसपछि पुलिसले दुवै महिला र पुरुषलाई अस्पताल पठाएको थियो । अस्पताल पुगेपछि महिलालाई मृत घोषित गरिएको समाचारमा उल्लेख छ ।
ती पुरुषले किन आक्रमण गरे भन्ने प्रष्ट छैन ।




