क्यानडा, ब्राजिल, जोर्डनमा नेपाली कामदारको माग, न्यूनतम तलब डेढ लाख



काठमाडौं, ४ भदौं । विश्वका धनी देशले नेपालबाट कामदार लैजान प्रस्ताव अघि सारेका छन् ।
विशेषतः भूकम्पपछिको समयमा विश्वका विभिन्न देशहरुले नेपाली कामदारलाई लैजान इच्छा देखाएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विश्वका विकसित क्यानडा, ब्राजिल, जोर्डनलगायतका देशहरुबाट नेपाली कामदारको माग आएको हो ।
ती देशहरुले श्रम सम्झौता गर्न लागि नेपाल सरकारसँग पत्राचार समेत गरिसकेको श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बताए । क्यानडा र ब्राजिलले कामदार माग गरेको बताउँदै मन्त्री गुरुङले जोर्डन टोली नेपाल आउनै लागेको जानकारी दिए ।
क्यानडा र ब्राजिलबाट कृषिका लागि नेपाली कामदारको माग आएको हो । उसो त नेपाल कृषि प्रधान देश भएकाले विदेशीहरुले कृषिमा कामदार मागेको श्रम मन्त्रालयको अनुमान छ ।
मन्त्री गुरुङले अबको १ वर्षभित्र २० वटा देशसँग श्रम सम्झौता गर्ने तयारी भइरहेको बताए । ‘नेपाली कामदारको हितमा कम लागतमा बढी पारिश्रमिक पाउने गरी विभिन्न देशहरुसँग सम्झौता गर्ने तयारीमा छौं । जस्ले नेपालीको गरिबीलाई विस्तारै हटाउँदै लैजाने छ,’ उनले भने ।
सरकारले यसअघि नै न्युनतम लागतमा नेपाली कामदार पठाउने विदेश पठाउने निर्णय गरिसकेको छ । श्रम मन्त्रालयका अनुसार प्रस्तावित देशहरुमा न्युनतम तलब डेढ लाख रुपैयाँ पाइनेगरी सम्झौता गरिँदैछ ।





प्रतिक्रिया दिनुहोस्...