राजसंस्थालाई भुमिका दिन मोदीले कोइरालालाई दवाव दिएको खुलासा


काठमाडौं, ९ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई नयाँ संविधानमा राजसंस्थालाई भुमिका दिन आग्रह गरेको खुलासा भएको छ । कैलाली घटना भएलगतै भारतीय प्रधानमन्त्री मोदी र कोइरालाबीच झण्डै १५ मिनेट टेलिफोन संवाद भएको थियो । संवादमा मोदीले १०/१५ जनाले निर्णय गर्नु भन्दा नयाँ र पुराना शक्ति मिलाएर संविधान जारी गर्न सुझाव दिएका थिए । ‘पुरानो राजसंस्थालाई पनि स्थान दिँदा दिगो शान्ति र संविधानको दिर्घायू हुन्छ’ टेलिफोन संवादमा मोदीले भने ‘सिमित घेरा र गणितका आधारमा संविधान जारी गर्नु हुँदैन ।’ मोदीको सुझावपछि हिन्दुस्तान टाइम्समा समाचार प्रकासित भएको थियो । तर प्रधानमन्त्री कार्यालयले १०/१५ जना कोठाभित्र बसेर संविधान जारी नगर्न भारतीय प्रधानमन्त्री सुझाव नदिएको भन्दै समाचार खण्डन गरेको छ । हिन्दुस्तान टाइम्स जस्तो प्रतिस्ठित मिडियाले भ्रामक समाचार प्रकासित गरेको भन्दै आपत्ती समेत जनायो । प्रधानमन्त्री कार्यालयले खण्डन गरेलगतै हिन्दुस्तान टाइम्सका पत्रकारले फेरी ट्वीट गर्दै भने ‘जति सुकै खण्डन आवस् तर म मेरो समाचार स्रोतप्रति विश्वस्त छु ।’ पत्रकारले नेपालको प्रधानमन्त्री कार्यालयलाई चुनौति दिँदै समाचार सत्य भएको दावी गरेका छन् । उनको दावीमा नेपालको प्रधानमन्त्री कार्यालय चुपचाप बसेको छ । उनले आफ्नो समाचारमा नयाँ पुराना सवै शक्तिलाई मिलाएर संविधान जारी गर्न मोदीले कोइरालालाई सुझाव दिएको उल्लेख गरेका छन् । प्रधानमन्त्री कार्यालयले भने यसलाई भारतीय हस्तक्षेपका रुपमा लिएको छ । मोदीले राजसंस्थालाई भूमिका दिन कोइरालालाई आग्रह गरेको जानकारी पाएका मजदुर किसान पार्टी अध्यक्ष नारायणमान विजुक्छेले संविधानसभाकै बैठकमा जवाफ मागेका छन् । ‘भारतीय प्रधानमन्त्रीसँग हाम्रा प्रधानमन्त्रीको के कुरा भयो ?’ विजुक्छेले जवाफ माग्दै भने ‘त्यो जानकारी पाउने अधिकार सार्वभौम नेपाल जनता सवैलाई छ ।’ पूर्वराजा ज्ञानेन्द्रले पनि यतिबेला आफ्नो भुमिका खोजिरहेका छन् । थाइल्याण्ड र भारतको गोप्य भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र पारस पुत्र हृदयन्द्रलाई संबैधानिक राजा बनाउने दाउमा छन् ।





प्रतिक्रिया दिनुहोस्...