के थियो तत्कालीन बिद्रोही माओवादीको २०५७ सालदेखिको योजना ? प्रचण्ड भन्छन् योजना सफल हुँदैछ
काठमाडौँ, भदौ ९ । एमाओवादीले २०५२ फागुन १ गतेबाट औपचारिक रुपमा हतियार उठाएर बिद्रोह सुरु गर्यो । त्यतिबेलासम्म उसले संविधानसभालाई आफ्नो औपचारिक मुद्द्धा बनाइसकेको थिएन ।
युद्ध्ध मन्द गतिमा चल्दै थियो २ ४ बर्ष बिते युद्ध उत्कर्षमा पुग्यो त्यही बेला माओवादीले संविधानसभा मार्फत संविधान लेख्ने कुरालाई मुल मुद्धा बनाएको एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
बुधबार संविधानको परिमार्जित विधेयक माथि छलफलमा भाग लिँदै दाहालले संविधानसभाबाट संविधान बनाउने योजना आफूले नै अघि सारेको र त्यो सफल हुने अवस्थामा पुगेको उल्लेख गरेका हुन् ।
छलफलमा भाग लिँदै उनले युद्धलाई शान्तिमा रुपान्तरण गर्ने माओवादीले ०५७ सालमा पारित गरेको एजेण्डा नै अहिले देशकै एजेण्डा भएको बताए । संविधान निर्माणप्रति नागरिले देखाएको चासो सकारात्मक भएपनि हिंसात्मक घटना हुनु दुखद् भएको प्रचण्डको भनाई छ