एसएसपी लक्ष्मण न्यौपानेको मृत्यू भएपछि उनको परिवार शोकमा पत्नी मुर्छित


८ साउन, काठमाडौं । एसएसपी लक्ष्मण न्यौपानेका छोरा सन्देश स्नातकको परिक्षा दिएर बुवालाई भेट्न डेढ महिनाअअघि धनगढी पुगेका थिए । तर, उनी काठमाडौं फर्कनेछन् बुवाको निर्जिव शरीर लिएर । कैलालीमा भएको झडपमा परी एसएसपी लक्ष्मण न्यौपानेको मृत्यू भएपछि उनको परिवार शोकमा डुबेको छ । खबर सुनेलगत्तै मुर्छित बनेकी उनकी पत्नी अरुणा अहिलेसम्म होशमा आउन सकेकी छैनन् । एसएसपी न्यौपानेका आमा, श्रीमती तथा एक छोरा र एक छोरी छन् । छोरा सन्देश र छोरी संयुक्ता दुवैले स्नातकको पढाई सकेका छन् । घुम्न आएका छोरालाई धनगढीमा छोडेर लक्ष्मण टिकापुरमा उत्पन्न तनाव नियन्त्रण गर्न पुगेका थिए । सोमबार दिउासो करिब ३ बजे अरुणाको मोबाइलमा छोराको फोन आएको थियो । ‘आमा, बुवा रहनुभएन,’ सन्देशले रुादै भने । छोराको मुखबाट पतिवियोगको खबर सुनेकी आमा तत्कालै भुईंमा ढलिन् । धेरैबेरसम्म होशमा नआएपछि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज लगिएको थियो । करिब ३ घन्टा अस्पतालमा राखेर बेलुकी साढे ६ बजे उनलाई घर फर्काइएको छ । तर, उनी अझै होसमा आउन सकेकी छैनन् । आमासागै रहेकी छोरी संयुक्ता पनि बोल्न सक्ने अवस्थामा छैनन् ।
सञ्चारमाध्यममा एसएसपी न्यौपानेको मृत्यूको खबर सुनेपछि सिनामंगलस्थित उनको घरमा छरछिमेकी तथा आफन्तहरु ओइरिएका थिए । राति अबेरसम्म पनि घर परिसरमा मानिसहरु टनाटन छन् । अस्पतालबाट प्रहरीको गाडीमा ल्याइएकी अरुणा र छोरी संयुक्तालाई लक्ष्मणका जेठा दाजु जनार्दनको घरमा राखिएको छ । सिनामंगलमा लक्ष्मण र जनार्दनको घर आसपासमै छ । लक्ष्मणका ६ दाजुभाईमध्ये ५ जनाको घर काठमाडौंमा छ भने एक जना चन्द्रगढीमा बस्छन् । बुवा बितिसकेका छन् भने आमा जेठो छोरासागै बस्छिन् । दाजु नयनविनोद न्यौपानेका अनुसार एसएसपि न्यौपाने करिब ३ महिनाअघि अन्तिमपटक काठमाडौं आएका थिए । ‘त्यहि भेला भेट भएदेखि मेरो उसित सम्पर्क थिएन,’ उनले अनलाइनखबरसित भने । सन्देशले बुवाको शव लिएर मंगलबार काठमाडौं आउने खबर पठाएको उनले जानकारी दिए । २०१९ सालमा झापा, चन्द्रगढीमा जन्मेका लक्ष्मण इन्सपेक्टर पदबाट २०४४ सालमा प्रहरी सेवामा प्रवेश गरेका थिए । उनी २०६८ सालमा एसएसपिमा बढुवा भएका हुन् । यसअघि प्रहरी प्रधानकार्यालय नक्सालमा कार्यरत न्यौपाने एक वर्षअघि सेति अञ्चलको प्रहरी प्रमुख भएर गएका थिए । उनले त्रिचन्द्र क्याम्पसबाट एमएस्सीसम्मको अध्ययन गरेका थिए । Source : Onlinekhabar




प्रतिक्रिया दिनुहोस्...