काठमाडौंमा डेराको कोठाभित्र महिला र पुरुषले एकसाथ गरे आत्महत्या


काठमाडौं, ४ भदौं । राजधानीमा एक पुरुष र महिला मृत अवस्थामा बन्द कोठाभित्र भेटिएका छन् ।
केन्द्रीय प्रहरी समाचार कक्षले दिएको जानकारी अनुसार शुक्रवार राजधानीको खुसीबु स्थित उत्तम चोकमा रहेको घर भित्र बन्द गरिएको कोठामा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेका हुन ।

कोठावाट दुर्गन्ध आउन थालेपछि घरधनीले प्रहरीलाई खवर गरेर बोलाएका थिए । प्रहरी घटना स्थलमा पुगेपछि कोठा खोल्दा दुबैजनाको शव झुन्डिएको अबस्थामा फेला परेको थियो । प्रहरीका अनुसार शवको प्रकृति हेर्दा आत्महत्या नै भएको र कोठा भित्रबाट वन्द रहेकाले हत्या हुन सक्ने आधार छैन् ।
घटनास्थलमा प्रहरीले मृतक महिलाको नागरिकताको प्रतिलिपि भेटेका थिए । प्रतिलिपि अनुसार मृतक महिला शारदासिंह ठकुरी र उनको स्थाई घर भीरकोट २ दोलखा रहेको छ । घर भाडामा दिने घर धनीले उनिहरुको पहिचान खुल्ने कुनै पनि कागज पत्र आफूसंग नभएको आफूले कागज पत्र माग्दा पछि दिन्छु भन्दै आलटाल गरेको ले उनिहरुको पूर्ण पहिचान आफु संग नभएको बताएका छन् ।
मृतक पुरुषको कुनै पनि पहिचान नखुलेको तर बा ४१ प ७०१२ नंबरको यामाहा कम्पनीको मोटर बाईकको ब्लुबुक भेटिएको र उक्त कोठामा पाईएको सो ब्लुबुकमा विनोद राई नाम रहेको प्रहरीले जानकारी दिएको छ । शव पोष्टमार्टमको लागि त्रि वि शिक्षण अस्पतालमा राखिएको छ भने घटनाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
dainiknepal.com





प्रतिक्रिया दिनुहोस्...