भारतले नेपाली सीमामा सुरक्षा सतर्कता बढायो


भारतमा स्वतन्त्रता दिवस नजिकिएका कारण महोत्तरीका १३ वटा गाउँ विकास समितिका सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

नेपाल र भारतका सीमावर्ती सुरक्षा प्रतिनिधिबीच पन्ध्र अगष्टमा भारतमा मनाईने स्वतन्त्रता दिवससम्म पाँच दिन सीमा क्षेत्रमा कडाई गर्ने सहमति भएबमोजिम दुवै देशबाट सुरक्षा सतर्कता बढाइएको हो ।

भारतीय सीमावर्ती क्षेत्रतर्फ भारतीय सीमा सुरक्षा बल (एसएसवी) र नेपालतर्फ सशस्त्र प्रहरी र नेपाल प्रहरीले सहकार्यमा काम गरिरहेका छन् । भारतीय र नेपाली गाउँका स्थानीयलाई आ–आफनो घरमा संदीग्ध ब्यक्तिलाई बास बस्न नदिन सूचना पनि जारी गरिएको छ ।

दुवै तर्फका बजार, होटल र लजहरुमा निगरानी बढाइएको छ । भारत बिहारको मधुवनी र सीतामढी जिल्लासँग सीमा जोडिएको महोत्तरीको मटिहानी, पर्सापतैली, जलेश्वर, नैन्ही, बथनाहा, कट्टीकटैया, खैरबन्नी, रघुनाथपुर लगायतका क्षेत्रमा बुधवारदेखि दुवै देशले सुरक्षाकर्मी पनि बढाएका छन् ।





प्रतिक्रिया दिनुहोस्...