नवलपरासीमा प्रहरीको गोली र छर्रा लागेर दुई घाइते, ३ प्रहरी पनि घाइते


अपडेटः
नवलपरासी, भदौ ९ । प्रदेशहरुको सीमांकनको विषयलाई लिएर बुधबार पनि देशका विभिन्न जिल्लामा विरोध कायमै छ ।

संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिको आन्दोलनका कारण दुई सातादेखि चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियालगायतका जिल्लामा प्रदर्शन भइरहेको छ ।

बुधबार दिउँसो नवलपरासीको सदरमुकाम परासीमा निषेधित क्षेत्रतोड्न खोजेपछि प्रहरीले चलाएको गोली लागि स्थानीय विहडी धोवी घाइते भएका छन् । उनलाई उपचारका लागि भैरहवा लगिएको छ ।

प्रदर्शनकै क्रममा गोलीको छर्रा लागेर रामग्राम नगरपालिका–५ का मुन्नी जयसवाल र सोक्रममा भएको झडपमा तीनजना प्रहरी पनि घाइते भएका छन् ।

निषेधाज्ञा तोडी प्रदर्शन हुन थालेपछि प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन गोली र दर्जनौ सेल अश्रुग्यास प्रहार गरेको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्...