बालक बलि दिनेलाई कारबाही माग गर्दै प्रदर्शन
परासी : बालकलाई बलि दिनेहरुलाई कारबाहीको माग गर्दै सोमबार नवलपरासी सदरमुकाम परासीमा स्थानीयबासीले प्रदर्शन गरेका छन् ।
कुडिया गाउँबाट आएका स्थानीयले सदरमुकाममा प्रदर्शन गर्दै दोषीलाई कारबाही गरी अन्धविश्वास विरुद्ध सचेतनाका कार्यक्रम गर्न माग गरेका छन् ।
गत साउन ५ गते कुडिया गाविस–४ मर्चहवा गाउँका १० वर्षीय सोनु भनिने जीवन कोहाँरलाई छिमेकी कोदाई हरिजनले आफ्ना छोरा विजयलाई तान्त्रिक विद्या सिकाउने नाममा अन्य तीन झाक्रीसँग मिलेर हत्या गरेका थिए ।
कार्यक्रम गर्ने संस्थाको लर्को
घटनापछि अहिले मर्चहवा गाउँमा कार्यक्रम गर्न संघसंस्थाको ताँती लागेको छ । उनीहरुलेसचेतना कार्यक्रम, र्याली, अभिमुखिकरण कार्यक्रम र राहत रकम बाँडिरहेका छन् ।
यसैबीच अपराधिक कृयाकलापविरुद्ध गाउँमा आइतबार सद्भाव र्याली निकालिएको थियो ।
र्यालीमा सहभागीहरुले अपराधीलाई कारबाही गर्न माग गरेका थिए । त्यसैगरी महिला तथा बालबालिका कार्यालय नवलपरासीले सो क्षेत्रमा गएर शान्तिका लागि संवाद तथा अन्तरक्रिया गरेको छ ।
कार्यक्रममा सहभागी स्थानीयले गाउँमा अझै अन्धविश्वास रहेकाले त्यसलाई हटाउन सचेतना कार्यक्रम गर्नुपर्ने र बालक हत्याका दोषीलाई कडा कारबाही गर्न माग गरेका
थिए ।
बालकको हत्याले गाउँका अन्य बालकहरुमा देखिएको मनोसामाजिक त्रास हटाउन उक्त कार्यक्रम आयोजना गरिएको प्रमुख महिला विकास अधिकृत उर्बरा लुईंलले बताइन् । उनले पीडित परिवारलाई पाँचहजार प्रदान गरिन् ।