फेसबुक स्टाटसलाई लिएर आङकाजी शेर्पा पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई बौद्धबाट पक्राउ गरेर सोधपुछ थालेको हो । स्रोतका अनुसार प्रहरीले शेर्पाको ट्वीटर र फेसबुकमा पोष्ट भएका सामाग्री तथा सन्देशबारे सोधपुछ गरेको छ ।
टीकापुर घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा लेखेको विषयमा प्रहरीले चासो देखाएको हो । आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गरेका छन् ।
साथै आङकाजीले गृहमन्त्रीसहितका नेताहरुबारे लेखेेका स्टासबारे पनि प्रहरीले अध्ययन गरिरहेको छ ।