साउदीमा तीन बर्षदेखि बन्दी बनाईएकी नेपाली चेलीको उद्धार पुरा पढ्नुस ।
साउदी अरब । साउदी अरबमा बिगत ३ बर्षदेखि बन्दी जीबन बिताईरहेकी एक नेपाली चेलीको उद्धार गरिएको छ । बैदेशिक रोजगारीका लागि साढे ३ वर्षअघि कुबेत पुगेकी नेपालगञ्ज बनकटवा, ३ की ३३ बर्षीया निर्मला बिकलाई साउदी अरबबाट उद्धार गरिएको हो । nirmala BKसाउदी नागरिकको घरमा बन्दी जीबन बिताईरहेकी बिकलाई नेपाल टे्रड युनियन महासंघ-जिफन्ट) को सहयोग समूह साउदी अरेबियाको सक्रियतामा उद्धार गरिएको हो । रियादमा रहेका नेपाली दिदीबहिनीहरु मार्फत निर्मलाले ३ बर्षदेखि साउदी नागरिकको घरमा बन्दी जीवन बिताईरहेको खबर पाएपछि उनलाई उद्धार गरिएको जिफन्ट सहयोग समूह साउदी अरेबियाका संयोजक राज तामाङले जानकारी दिए । तामाङकाअनुसार साउदीको अलहासा भन्ने स्थानबाट गत आईतबार उनलाई रातको १ बजे बन्दी बनाईएको घरबाट उद्धार गरिएको हो । अलहासामा रहेका नेपाली दाजुभाईहरुको सहयोगमा १४ घण्टाको निरन्तर प्रयासपछि उनलाई उद्दार गर्न सफल भएका हौं, तामाङले भने । उद्धार गरिएकी पीडित बिकलाई आईतबार नै नेपाली दुतावास साउदीको जिम्मा लगाईएको छ । गैरकानुनी बाटो भएर साउदी आईपुगेकी पीडित बिकलाई नेपाल फर्काउनका लागि घरेलु कामदार बिभाग र साउदी प्रहरीसँग समन्वय गरिने साउदीका लागि नेपाली कार्यबाहक राजदुत आनन्द शर्माले बताए । शर्माकाअनुसार आवश्यक प्रक्रिया पुरा गरेपछि ट्राभल डकुमेण्ट बनाई बिकलाई छिटै सहज रुपमा नेपाल पठाईने छ । उनलाई गैरकानुनी बाटो हुदै कुबेत पुर्याउने तस्करको खोजी गरी कारबाहीका लागि नेपाल सरकारलाई पत्राचार समेत गरिने शर्माले बताए । कसरी सम्भव भयो निर्मलाको उद्दार मानब तस्करको चंगुलमा परेर ३ बर्षदेखि बन्दी जीवन बिताउन बाध्य भएकी निर्मलाको पछिल्लो समय साउदीस्थित रियादमा रहेका नेपाली दिदीबहिनीहरुसँग सम्र्पक भएको थियो । नेपाली चेलीहरुसंगको सम्र्पकले नै पीडित बिकलाई नरकीय जिबनबाट नयाँ जीवन मिल्न सम्भव भएको छ । साउदी अरबमा रहेर नेपाली दाजुभाई तथा नेपाली चेलीहरुलाई सहयोग तथा उद्दार गर्दै आएका राज तामाङले यो खबर पाउने बित्तिकै निर्मलाको उद्धारका लागि खटिएका थिए । निर्मलासँगको फोन सम्र्पकको आधारमा उनलाई उद्दार गर्नका लागि तामाङ गत आईतबार दमामबाट करिब ३ सय किलोमिटरको यात्रापछि अलहासा पुगेका थिए । साँझ ५ बजे अलहासा पूगेका तामांगले मुस्किलले निर्मलालाई बन्दी बनाएर राखिएको घर पत्ता लगाएका थिए । करिब ८ घण्टाको पखाईपछि सबै सुतेको मौका छोपेर रातको १ बजे निर्मलालाई त्यहाँबाट तामाङले उद्दार गरेका थिए । आफूलाईसमेत जोखिममा राखेर तामाङले बिभिन्न समस्या र चनुौती संग जुध्दै निर्मलालाई लिएर रातारात त्यहाँबाट दमाम आएका थिए । दमाम आईपुगेपछि नेपाली दुतावासको समन्वयमा दुतावासको गाडी प्रयोग गरी निर्मलालाई नेपाली दुतावासको कार्यालय रियाद पठाई सुरक्षित गरिएको थियो । तामाङको सक्रियताले नै पीडित निर्मलालाई बन्दी जीवबाट मुक्त गराई उद्धार गर्न सफल भएको हो । कुबेत गएकी निर्मला कसरी पुगिन् साउदी २ छोरी, १ छोरा र श्रीमान्सँग दुखसुख जीवनयापन चलाईरहेकी निर्मलालाई छिमेककेै एक जना दलालले धेरै धन कमाउने प्रलोभनमा पारेर गैरकानुनी तवरबाट साढे ३ बर्ष अघि भारत हुदै कुबेत पुर्याएका थिए । मानव तस्करमार्फत् घरेलु कामदारका रुपमा कुबेत पुगेकी निर्मलाले त्यहाँ ६ महिना जेनतेन काम गरिन् । ६ महिनापछि उनलाई कुबेती नागरिकले साउदी अरब पुर्याए । पीडित निर्मला कुबेती नागरिकबाट बेचिएर साउदी अरब ल्याईएकी थिईन् । साउदीको जुबेलस्थित साउदी नागरिकको घरमा करिब ३ महिना बन्दी जीबन बिताएकी निर्मलालाई साउदीकै महिला तस्करी गर्ने दलालको हातबाट दमाम हुदै अलहासा पुर्याईएको थियो । साउदी अरबको अलहासा ल्याईएकी उनलाई साउदी नागरिकले घरेलु कामदारका रुपमा बन्दी बनाएर राखेको थियो । बिगत ३ वर्षदेखि पीडित निर्मर्लाले साउदी नागरिकको घरमा बन्दीजीवन बिताउन बाध्य भएकी थिईन् ।