मिडिया एनपी, काठमाडौं, ८ भदौ । सोमबार कैलालीको टीकापुरमा प्रदर्शनकारीको आक्रमणमा परी ज्यान गुमाएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको मंगलबार अपरान्ह अन्त्यष्टि गरिएको छ । उनको पार्थीव शरीरलाई दिउँसो सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याएको थियो ।
सिनामंगलस्थित उनको घरमा केहीबेर राखेपछि न्यौपानेको शव यात्रा सहित पशुपति आर्यघाट पुर्याएर अन्त्यष्टि गरिएको हो । यसअघि प्रहरी अधिकृत सहित उनका आफन्त तथा शुभचिन्तकहरुले अन्तिम श्रद्धाञ्जलि दिएका थिए । प्रहरीको एक टुकुडीले एसएसपी न्यौपानेलाई सलामी अर्पण गरेको थियो । उनको श्रीमति एक छोरा एक छोरी रहेका छन् ।