राप्रपा नेपालको जुलुसमा लाठी र अश्रुग्यास (फोटो फिचर)
काठमाडौं : राप्रपा नेपालले हिन्दु राष्ट्र माग्दै शुक्रबार राजधानीमा निकालेको जुलुसलाई रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच नयाँ बानेश्वरमा झडप भएको छ। झडपमा राप्रपा नेपाल केन्द्रीय सदस्य गोपाल दाहालसहित दुई दर्जन प्रदर्शनकारी गम्भीर घाइते भएको राप्रपा नेपालले जनाएको छ।
जुलुसले नयाँ बानेश्वर क्षेत्रस्थित निषेधित क्षेत्र तोडेर संविधानसभा भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। केहीबेर प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको थियो। जलुस संविधानसभा घेराउ गर्ने भन्दै मूलगेटतर्फ अघि बढेपछि अवस्था तनावपूर्ण भएको थियो।
राप्रपा नेपालका अध्यक्ष कमल थापालाई लक्षित गरेर अश्रुग्यास प्रहार भएको सहप्रवक्ता मोहन श्रेष्ठले बताए। स्थानीय प्रशासनलाई पूर्वजानकारी दिएर भएको प्रदर्शनमा प्रहरीबाट बर्बर दमन भएको उनले बताए।
नयाँ बानेश्वरमा झडप भएपछि पनि राप्रपा नेपालको जुलुस थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड हुँदै जुद्ध शालिक अगाडि सभामा परिणत भएको थियो। त्यसलाई राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरुले सम्वोधन गरेका छन्।
थापाले हिन्दु राज्य अब सबै नेपाली र सिंगो नेपालको माग भएको बताउँदै सरकारको दमनले यो अभियान नरोकिने बताए। देश संविधान जारी हुने संघारमा आइपुग्दा सरकार हवाई फायर,टियर ग्यास र लाठीचार्जको अभ्यास गरिरहेको बताए।
थापाले हिन्दु राज्य अब सबै नेपाली र सिंगो नेपालको माग भएको बताउँदै सरकारको दमनले यो अभियान नरोकिने बताए। देश संविधान जारी हुने संघारमा आइपुग्दा सरकार हवाई फायर,टियर ग्यास र लाठीचार्जको अभ्यास गरिरहेको बताए।

