गोली हानाहानमा तीन प्रहरी र एक बन्दुकधारीको मृत्यु


फोटो :एपी
 पाकिस्तान :  उत्तरपश्चिमी पाकिस्तानी सहर पेसावर सहरको बाहिरी इलाकामा बुधबार बिहान सबैरे भएको दोहोरो गोली हानाहानमा कम्तीमा तीन प्रहरीको मृत्यु भएको छ । 
सो गोली हानाहानमा परी अन्य आठ प्रहरी घाइते भएका छन् । वरिष्ठ प्रहरी अधिकारी मिआन सैएदकाअनुसार प्रहरीको दैनिककार्य अन्तरगत घर घरमा गरिने खानतलासीका क्रममा सो झडप भएको हो ।  
बन्दुकहधारीको आक्रमणपछि दोहोरो गोली हानाहान भएको जनाइएको छ । सो खानतलासी उमार पयान गाउँमा भएको जनाइएको छ । सो गोली हानाहानको क्रममा तीन प्रहरी र एक बन्दुकधारीको मृत्यु भएको सैयदले एएफपी समाचार समिलिलाई बताउनु भएको छ । पेसावरमा तालिवान आतङ्ककारी समूहको उपस्थिति भएको पाइन्छ । 
तर यस आक्रमणमा आतङ्ककारी वा अन्य अपराधिक समूहका कसको हात रहेको छ भन्ने बारेमा भने प्रष्ट भएको छैन । आक्रमणकारीहरुले ग्रेनाड र मोर्टास आक्रमण समेत गरेको सैयदले जानकारी दिनु भएको छ । पेसावरका प्रहरी प्रमुख मुबारक जेबले यस झडप र हताहतीको पुष्टि गर्नु भएको छ । 
पेसावर सहरमा यसअघि पनि भीषण आतङ्ककारी आक्रमणहरु भएको पाइन्छ । गत डिसेम्बरमा पनि सैनिकद्धारा सञ्चालित एक विद्यालयमा भएको आक्रमणमा विद्यालयका बालबालिकासहित १५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । गत फेब्रुअरीमा तीन सशस्त्र तालिवान आतङ्ककारीले एक मस्जिदमा गरेको आक्रमणमा २१ जना व्यक्तिको मृत्यु भएको थियो । 
अधिकारीका अनुसार पाकिस्तानी सैनिकले आतङ्ककारीका विरुद्ध सुरु गरेको भीषण कारबाहीमा परी करिब ३ हजार आतङ्ककारीको मृत्यु भईसकेको छ । 






प्रतिक्रिया दिनुहोस्...