पराजुलीले नै चलाउँछन् कृषि मन्त्रालय



काठमाडौँ, १५ भदौ - असार १५ गते धान दिवसका दिन गोठाटारमा महिलामाथि दुब्र्यवहार देखाएको भनी मिडियाबाट चौतर्फी विरोध भएपछि कृषिमन्त्रीबाट राजिनामा दिएका हरिप्रसाद पराजुलीले नै अहिले पनि सो मन्त्रालय चलाउने गरेका छन्।

बामदेव गौतामले मन्त्री निवासमा दुई वटा ब्लक लिएका छन्। ती दुई मध्ये एक ब्लकमा बसेर पराजुलीले कृषि मन्त्रालय चलाउने गरेका छन्। कृषिका फाइलहरु हेर्ने, सरुवादेखि विभिन्न निर्णय पराजुलीले नै गर्ने र सदर मात्रै उपप्रधानमन्त्री गौतमले गर्दै आएको दृष्टि साप्ताहिकमा खबर छ।

पराजुलीले संकेत गरेपछि मात्र गौतमले फाइल सदर गर्दै आएको बुझिएको छ। कृषिका विदेश भ्रमणका फाइलसमेत पराजुलीबाटै सदर हुने गरेका छन्। राजिनामा दिएपछि पनि कृषि मन्त्रालयका कर्मचारीहरु पराजुलीलाई नै वास्तविक मन्त्री भन्ने गर्छन्। पराजुलीले नै आफूलाई कृषि मन्त्री हुन नदिएको भनी बामदेव निकट अर्का नेता बलराम बास्कोटा आक्रोशित छन्।





प्रतिक्रिया दिनुहोस्...