मधेशको आन्दोलनलाई भारतीय नेताको सहयोग ‘तराई छुट्टै मुलुक बनाउने खुलासा’
काठमाडौ, १४ भदौ नेपाली नेताहरुलाई सिध्याउने र पहाडी मुलका वासिन्दालाई खेद्न उर्दी जारी गर्ने मधेशवादी नेपाली नेताहरु भारतीय सांसदहरु र गृहमन्त्रीलाई समेत भेटेर हाम्रो आन्दोलनलाई सहयोग गर्नुस् भनी याचना गरिरहेका छन् ।सायद मधेशका नेपाली नेतालाई आश्वासन दिनका लागि होला भारतीय गृहमन्त्री तथा नरेन्द्र मोदीको पार्टी बीजेपीका नेता राजनाथ सिंहले नेपालमा रहेका भारतीयहरुको संरक्षण गर्नुपर्ने बताएका छन् । उत्तर प्रदेशको महाराजगञ्ज आएका गृहमन्त्री सिंहले आइतबार नेपालको सीमामा खटिएका सीमा सुरक्षाबलका अधिकारीहरुसँग भेटघाट गरेपछि उनले नेपालमा रहेका भारतीयका विषयमा कुरा गरेको भारतीय सञ्चार माध्यममा लेखिएको छ । उनको भनाई उदृत गर्दै इण्डिया टुडेमा पियुष श्रीवास्तवले लेखेका छन् ‘यद्यपि मधेसी समस्या नेपालको आन्तरिक मामिला हो, तर भारत सरकारले नेपालमा बसोबास गरिरहेका १ करोड भारतीयहरुको संरक्षण गर्नुपर्छ।’ मधेसको आन्दोलनमा भारतीय सहयोग शुरु भयो काठमाडौमा आह्वान गरिएको आन्दोलन उठ्न नसकेपछि तराई झरेका मधेशी नेताहरु त्यहाँ पनि आन्दोलन ले अपेक्षित गति लिन नसकेपछि सीमाक्षेत्रका भारतीय नेताहरुसँग हारगुहार गरिरहेका छन् । यसका साथै भारतमा लुकेर बसी नेपालको तराई क्षेत्रमा बितण्ड मच्चाउँदै आउका हतियारधारी समूहहरुसँग पनि मधेशी नेताहरुले आन्दोलनमा सहयोग गर्न वार्ता गरेका छन् । इण्डिया टुडेले नेपालका बारेमा नेपालीलाई मान्य कुन नसक्ने टिप्पणी पनि प्रकाशित गरेको छ । सो समाचारमा भनिएको छ मधेशीहरु भारतीय हुन्, जो वर्षौं अगाडि नेपालमा बसाइँ सरेका थिए । जब धेरैले नेपाली नागरिकता पाए, तिनीहरुको बहुसंख्या अहिलेसम्म नागरिकताविहीन छन् । मधेसीहरुलाई धेरै राजनीतिक एवं सैन्य संगठनहरुले नेपाल छाड्न धम्की दिँदै आएका छन् । जे भए पनि उनीहरुलाई बीजेपीले लामो समयदेखि समर्थन गर्दै आएको छ । योगी आदित्यनाथ, गोरखपुरका बीजेपी सांसद र गोरखनाथ मन्दिरका महन्तले नेपाल सरकार विरुद्ध भइरहेको मधेसीहरुको आन्दोलनलाई लजिस्टिक सपोर्ट गर्दै आइरहेका छन् । मधेसीहरु हिन्दुहरु हुन् । तथापि भारतीय मुस्लिम र क्रिश्चियनहरु पनि त्यहाँ छन् । युपी, बिहार र पश्चिम बंगालसँग जोडिएको नेपालको दक्षिणी भूभागलाई मधेस भनेर चिनिन्छ । जहाँको तराई क्षेत्रमा ३० प्रतिशत नेपालको जनसंख्याको बसोबास छ । तर, ४० प्रतिशत यहाँका नागरिकसँग अहिलेसम्म नेपाली नागरिकता र मतदानको अधिकार छैन । आफूहरुलाई नेपाल सरकारले वेवास्ता गरेको उनीहरुको दाबी छ । नेपालबाट प्रकाशित पत्रिकाहरु जलाउने मधेशीवादीहरुले भारतीय पत्रिकामा गएर लेखाएका कुराहरु तथ्य परक नभएका परराष्ट्र मन्त्रालयका एक सहसचिवले बताए । अस्ति मात्र रिपोर्टस् क्लबमा भएको अन्तक्र्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता रमेश लेखक, एमालेका प्रदीप ज्ञवाली र माओवादीका दिनानाथ शर्माले हालको ७ प्रदेश सहितको संघीय खाकामा परिवर्तन नहुने, नाजायज आन्दोलनका कारण मुलुकलाई असर नपर्ने र संविधान जारी भएरै छाड्ने बताएका थिए ।