मेरा श्रीमानलाई मेरै आँखा अगाडि तड्पाई-तड्पाई मारे



एजेन्सी । प्रेम विवाह गरेकै कारण एक महिलाले आफ्ना श्रीमानलाई गुमाएकी छिन् । २८ वर्षीय विवाहित महिला अहिले आफ्ना पतिको हत्यामा संलग्नलाई कारवाही गरि न्याय माग्दै पुलिस चौकी पुगेकी छिन् । घटनामा पुलिसले ती महिलाका आमासहित चार आरोपीलाई गिरफ्तार गरेको छ । हत्यामा संलग्न ती महिलाका पिता फरार छन् । उनको पुलिसले खोजी गरिरहेको छ । आफ्नै माईतीको आक्रमणबाट पति गुमाएकी २८ वर्षीय अर्चना आफू पनि घाइते अवस्थामा अस्पतालमा उपचार गराइरहेकी छिन् । उनले इन्दोरको सरकारी अस्पतालबाटै प्रहरीलाई घटनाको बयान दिएकी छिन् । आरोप छ कि उनका पिता परसराम आरोलिया उर्फ पारस, काका गरसिंह र भाई शैलेन्द्रले योजनाबद्ध तरिकाले उनी र उनका पतिलाई रक्षाबन्धनका दिन शनिबार माईत बोलाए । त्यसपछि माईतीले उनकै चुन्नीले उनका पतिको घाँटी च्यापेर हत्या गरिदिए ।
त्यसपछि माइतीले उनको पनि घाँटी च्यापे, जसका कारण उनी बेहोस भएर बाँचिन । बेहोस भएकी उनी एक दिनपछि अस्पतालमा होसमा आएकी थिईन् । अर्चनाले भनेकी छिन् –‘मेरा माईतीले मेरा पतिलाई मेरै आँखा अगाडि तड्पाइ–तड्पाई मारे । पुलिससँग मेरो विन्ती मलाई न्याय दिनुहोस् ।’ उनको बयानपछि विजय नगर पुलिस चौकीका प्रभारी छत्रपाल सिंह सोलंकीले पीडित अर्चना की आमा विमला, काका गरसिंह र दुई भाई, शैलेंद्र र हरिसिंहलाई आज गिरफ्तार गरेर एक स्थानीय अदालतमा पेश गरिएको बताए । अदालतले चारै आरोपीलाई न्यायिक हिरासत ऐन अनुसार १५ दिनका लागि जेलभित्र राखेर अनुसन्धान गर्न आदेश दिएको छ । hemendra मृतक हेमेन्द्र अनुसन्धान अनुसार आरोपीहरुले विजय नगर थाना क्षेत्रको गंगादेवी नगरमा ४० वर्षीय हेमेन्द्रको कथित रुपमा घाँटी थिचेर हत्या गरेका थिए, जबकी उनकी पत्नी अर्चनालाई गम्भीर रूपमा घाइते बनाए ।  विजय नगर पुलिस चौकीका प्रभारी सोलंकीले बताएअनुसार अर्चनाका माईती उनको र हेमेन्द्रको एक वर्ष पहिले भएको प्रेम विवाहबाट असन्तुष्ट थिए । स्कूलदेखि कलेजसम्म सँगै पढेका उनीहरुले अर्चनाको परिवारको असहमतिमै प्रेम विवाह गरेका थिए । सोलंकीका अनुसार अर्चनाका पिता परसराम घटनापछि फरार भएका छन् । उनको खोजी भइरहेको छ । परसराम, नगर निगमका सहायक इन्जिनियर पनि हुन् । साभार: दैनिक नेपाल 





प्रतिक्रिया दिनुहोस्...