धनगढी । मुलुकमा कैयौं महिलाहरु आय आर्जन तथा जिविकोपार्जनकै लागि यौन व्यवसाय गर्दै आएका छन् । कतिपयले लुकिछिपी यौन व्यवसाय गरेका छन् भने कतिपयले आफूहरु यौन व्यवसायमा लागिरहेको बताउन पछि हट्दैनन् । यसै क्रममा धनगढीमा बादी समुदायहरु एकजुट भई आफूहरु बाध्यताले गर्दा यौन व्यवसायमा लागेको भन्दै जिविकोपार्जनका लागि प्याकेज ल्याइदिन सरकारसँग माग गरेका छन् । संचारिका समूहले बुधवार गरेको कार्यक्रममा बोल्दै बादी महिलाहरुले आफूहरु रहरले नभई कहरले यस पेशामा लागेको उल्लेख गरे ।
आफूहरुले लिएका बाबुबेगरका सन्तानलाई यस पेशामा संलग्न हुन नपरोस् भन्दै उनीहरुले आफूहरु यो पेशामा लागेर पनि सन्तानलाई शिक्षा दिइरहेको बताए । शिक्षा, स्वास्थ्य र रोजगारीका लागि राज्यले आफूहरुलाई केही पनि गर्न नसकेको उनीहरुले गुनासो गरे । यसअघि बादी समुदायसँग भएका सहमतिहरु तुरुन्त कार्यन्वयन गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । आफ्ना छोराछोरीहरुलाई छिमेकीहरुले बाबुबिनाको केटा÷केटी भनेर जिस्काउने गरेको भन्दै कार्यक्रममै केही वादी महिलाहरुले आँशु चुहाए ।
कार्यक्रममा कैलालीका स्थानीय विकास अधिकारी कृष्णप्रसाद लम्साल, जिशिअ गणेशबहादुर सिंह, प्रहरी उपरिक्षक विक्रम चन्दले वादीका समस्याप्रति सरकार संवेदनशिल हुनुपर्नेमा जोड दिए ।
विजनेस संसार बाट
‘पेट पाल्न यौन व्यवसाय गरिरहेका छौँ’
