अख्तियारका अधिकृत डेढ लाख घुस लिँदालिँदै रंगेहात पक्राउ


धनकुटा, माघ १० । अख्तियार दुरुपयोग आयोगको धनकुटास्थित क्षेत्रीय कार्यालयका अनुसन्धान अधिकृत खिमानन्द ज्ञवाली घुससहित रंगेहात पक्राउ परेका छन् ।

सो कार्यलयका कानुन अधिकृत ज्ञवालीलाई अख्तियारकै टोलीले धनकुटाबाटै पक्राउ गरेको हो ।

जग्गा विवादमा अख्तियारमा मुद्दा खेपिरहेका धनकुटा, ताङ्खुवा गाविसका पूर्वगाविससचिव भक्तबहादुर भट्टराईलाईमुद्दा जिताइदिने भन्दै लिएको नगद एक लाख ५० हजारसहित ज्ञवालीलाई पक्राउ गरिएको अख्तियारको क्षेत्रीय कार्यलय धनकुटाले जनाएको छ ।

सार्वजानिक जग्गा व्यक्तिको नाममा नामसारी गर्न गाविसले सिफारिस दिएको भन्दै गत वर्ष भट्टराई अख्तियारको फन्दामा परेका थिए ।





प्रतिक्रिया दिनुहोस्...