महाभूकम्पमा ४,३४७ को मृत्यु ८ हजार बढी घाइते


काठमाडौ, वैशाख १५ - शनिबारको महाभूकम्पमा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार बिहान गराएको अपडेट अनुसार  ४ हजार ३ सय ४७ जनाको निधन भइसकेको छ । उद्धार तथा खोजी कार्य जारी नै रहेकाले मर्नेहरुको संख्या थपिन सक्ने सम्भावना छ ।
८ हजार १ सय ५४ जना घाइते छन् । सबैभन्दा बढी क्षति काठमाडौं उपत्यका र सिन्धुपाल्चोकमा भएको छ । उपत्यकाका तीन जिल्लामा १ हजार ४ सय ४० र सिन्धुपाल्चोकमा १ हजार १ सय ७६ जनाको निधन भएको छ ।
पढ्नुस प्रहरीको पछिल्लो डाटा अनुसार कुन जिल्लामा कतिको निधन
भुकम्पबाट मृतकको संख्या (४३४७ )घाइते (८१५४) :
उपत्यका : मृतक: १४४०घाइते: ४९०३
काठमाण्डौ - १०३९
ललितपुर - १५८
भक्तपुर -२४३
पूर्व क्षेत्र : मृतक ५२घाइते: २१२
भोजपुर -२
सुनसरी- ७
सोलु - २२
ओखलढुङगा - १७
ताप्लेजुङ – 
मोरङ-२
सप्तरी -१
मध्य क्षेत्र : मृतक २५८९घाइते: २६९८
दोलखा -५०
रामेछाप – २४
सिन्धुली – 
धनुषा- १
सर्लाही -१
नुवाकोट ‍- ४७८
धादिङ – ३०३
काभ्रे -२४८
सिन्धुपाल्चोक – ११७६
रसुवा – २५०
मकवानपुर -३३
चितवन -६
बारा – 
पर्सा – 
रौतहट – 
पश्चिम क्षेत्र: मृतक -२६४घाइते: ३२१
गोरखा -२५६
कास्की -२
नवलपरासी – 
तनहु -१
लमजुङ – 
मध्य पश्चिम क्षेत्र :मृतक-२घाइते-२०
रोल्पा -१
रुकुम – 





प्रतिक्रिया दिनुहोस्...