झुमाको हत्या गर्ने सासु-बुहारीलाई जन्मकैद


१८ चैत, ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अदालतले नाङ्खोल्याङ गाविस ३ की १४ वर्षीया झुमा विकको हत्यामा उनकै सासु-बुहारी संलग्न रहेको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ ।
झुमा गत असार २७ गते घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
न्यायाधीश कृष्णप्रसाद सुवेदीको ईजलासले झुमाको हत्या गरी झुण्डाइएको ठहर गर्दै उनकी सासु ५० वर्षीया पद्मा श्रेष्ठ र उनकी बुहारी २५ वर्षीया जुनु श्रेष्ठलाई जन्मकैदको सजायँ दिने फैसला गरेको हो ।

ताप्लेजुङमा अहिले कारागार नभएकाले दुबैलाई जिल्ला कारागार पाँचथर चलान गरिएको छ ।
झुमाकी आमा नर्वदा र दाजु रमेशले संयुक्त दलित सञ्जालको सहयोगमा उनीहरु विरुद्ध साउन १ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए । त्यसलगत्तै उनीहरु विरुद्ध कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु गरिएको थियो ।
श्रेष्ठ परिवारले झुमालाई गत असार २७ गते शुक्रवार साँझ आफ्नै काकाको घरमा बसीरहेकोबेला जुनुको श्रीमानसँग फोटो खिचेको र सौता लाग्न खोजेको भन्दै कुटपिट गरेका थिए । कुटपिट पछि झुण्डाएर हत्या गरेको अदालतको ठहर छ ।






प्रतिक्रिया दिनुहोस्...