पन्ध्र सयमा बालिका किनेर बाबु-आमा



काठमाडौँ, २५ जेष्ठ - तीन वर्षीया एक बालिकालाई १५ सय रुपैयाँमा किनेर खगेनकोट-१ जाजरकोटका एक दम्पती बाबु आमा बनेका छन्।

आफ्ना सन्तान नभएका प्रेम वादी र उनकी पत्नी विष्णुले भेरी नदीमा फालिएकी बालिकालाई किनेर ती बालिकाको अभिभावक बनेका हुन्। किनिएकी बालिकाका आमा-बाबु बनेको घटनालाई भने उनीहरूले तीन वर्षसम्म गोप्य राख्दै आएको नयाँ पत्रिका दैनिकमा खबर छ।

किनेर पालेकी ती बालिकालाई उनीहरू छोरी भनेर हुर्काउँदै छन्। माछा मार्ने क्रममा भेरी नदी किनारमा भीमबहादुर वादीले ती बालिकालाई फेला पारेका थिए। भीमबहादुरसँग प्रेमले १५ सय रुपैयाँ तिरेर बालिका किनेका थिए।

माछा मार्न १५ भदौ ०६८ मा भेरी नदी पुगेका भीमबहादुरले बालिकाकी आमाले १५ दिनकी सिसु फाल्दै गरेको फेला पारेका थिए। बालिकालाई नदीमा फाल्नबाट जोगाएका भीमबहादुरले बालिका आफूले लिए भने बालिकालाई जन्मदिने आमाचाहिँ त्यहीँबाट भागिन्। बालिकाकी आमाले अवैध सम्बन्धबाट जन्मेको बताए पनि आफ्नो परिचय नदिई भागेको भीमबहादुरले बताए। भीमबहादुर र प्रेम दुवैले माछा मारेर जीवन गुजारा चलाउँदै आएका छन्।





प्रतिक्रिया दिनुहोस्...