पतिले पासपोर्ट च्यातिदिएपछि पवित्राले आत्महत्या गरिन्


जेठ २३ , तनहुँ : बेलाबेलामा ठाकठुक परिरहने धनबहादुर पोखरेलको घरमा शुक्रबार रमाइलो थियो । एक साता माइत बसेकी पवित्रा घर पर्केकी थिइन्। धनबहादुर दंग थिए। तीन सन्तानसँगै बेलुकासम्म धनबहादुर पवित्रा हाँसीखुसी नै देखिन्थे । हल्का रक्सी सेवन गरेकी पवित्राले राति सुत्नुअघि श्रीमान्लाई हातखुट धोएर फ्रेस भएर आउन भनिन् । हातखुट्टा धुन जब श्रीमान् बाथरुम छिरे, पवित्रा आफ्नो अपराधिक योजनामा लागिन् । हाँस्दै बाथरुम गएका धनबहादुर जब कोठामा फर्किए, उनले कहालीलाग्दो दृश्य देखे। पवित्रा पंखामा झुन्डिएकी थिइन् ।धनबहादुरलाई छाँगाबाट खसेजस्तै भयो । सपनामा पनि नचिताएको बज्रपात भयो । बचाउन सकिन्छ भनेर उनले तत्कालै उनी झुन्डिएको डोरी काटिदिए । तर पवित्राले संसार छोडिसकेकी थिइन् । दुई छोरा र एक छोरीकी आमा पवित्राले आत्महत्या गरेपछि व्यास नगर ११ मा बस्दै आएका धनबहादुर पोखरेल यतिबेला बिछिप्त छन् । धादिङ भूमेश्वर ४ स्थायी ठेगाना भै काठमाडौंमा बस्दै आएका उनी महाभूकम्पपछि दमौली सरेका थिए । काठमाडौंको घरमा भूकम्पीय त्रासको सामना गर्नु परेपछि जामुनेको सशुरालीबाट नजिकै पर्ने दमौलीमा पोख्रेल दम्पत्तीले बसाई रोजेको थियो । श्रीमती र तीन सन्तानसहित कोठामा बस्दै आएका धनबहादुरका लागि शुक्रबारको रात एउटा ठूलो काल भइदियो । श्रीमानसँग वैदेशिक रोजगारीमा जाने विषयमा किचलो सुरु भएको थियो, पवित्राको । घटनाको अनुसन्धान गरिरहेका प्रहरी उपरीक्षक प्रेमशंकर चौधरीका अनुसार बनिसकेको पवित्राको राहदानी पतिले च्यातेपछि दम्बत्तीबीच बेलाबेला झगडा बढेको देखिएको छ । घटनाको थप अनुसन्धानका लागि प्रहरीले करिब ३४ वर्षका धनबहादुरलाई नियन्त्रणमा लिएको छ । ‘हामीले घटनाको अनुसन्धान गरिरहेका छौं,’ उनले भने,‘पोष्टमार्टम रिपोर्टपछि घटनाको निष्कर्षमा पुग्न सजिलो हुन्छ । श्रोत अन्नपूर्ण






प्रतिक्रिया दिनुहोस्...