फेरि गयो ४.१ म्याग्निच्यूडको भूकम्प


काठमाडौँ : बुधबार दिउँसो हुम्लामा भूकम्पको धक्का महसुस भएको छ । बुधबार दिउँसो १ बजेर ३१ मिनेटमा मुचु नजिकै कर्णाली नदी किनारमा केन्द्रबिन्दु भएको ४.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

नेपाल-चीन सीमाना नजिकै केन्द्रबिन्दु बनाएर गएको यो भूकम्प वैशाखको भूकम्पको परकम्प नभइ नयाँ भूकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि गत साउन ३० मा ताप्लेजुङ केन्द्रबिन्दु भएको ४.५ म्याग्निच्यूडको नयाँ भूकम्प गएको थियो ।

बैशाखको ठूलो भूकम्पपछि परकम्प जाने क्रम रोकिएको छैन । मंगलबार मात्रै दोलखालार्इ केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको परकम्प गएको थियो । -




प्रतिक्रिया दिनुहोस्...