Khabar News
»
मधेसी मोर्चाका कार्यकर्ताले एम्बुलेन्स पनि जलाए
मधेसी मोर्चाका कार्यकर्ताले एम्बुलेन्स पनि जलाए
रौतहट : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गौर नगरपालिकामा एम्बुलेन्स जलाएका छन्।
गौरमा जारी निषेधाज्ञा अवज्ञा गर्दै सडकमा उत्रेका आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रदर्शनकारीले प्रहरीको गोली गठ्ठा तथा अश्रुग्यास बोकेको भन्दै कविर चोकमा एम्बुलेन्सलाई रोकेर चालकलाई बाहिर निकाली आगो लगाएका थिए। आगलागीबाट एम्बुलेन्स पूर्णरुपमा क्षति भएको छ।रासस
प्रतिक्रिया दिनुहोस्...