पशुपतिनाथमा बिन्तिपत्र हाल्दै हिन्दुवादी
काठमाडौं : शान्ति, समृद्धि तथा स्थायित्वका लागि संविधानको प्रस्तावित मस्यौदामा देशभर छलफल भइरहेका बेला एक राजनीतिक दलले भने विश्व शान्तिको कामना गर्दै पशुपतिनाथलाई विन्तिपत्र चढाउने भएको छ ।
भक्तजन तथा कार्यकर्ताको सहभागितामा शिवसेना नेपालले भगवान शिवलाई विन्तिपत्र चढाउने भएको हो ।
सोमबार विहान ११ बजे पशुपतिनाथको मूलमन्दिरमा पुगेर शिवसेना नेपाल र हिन्दूवादी संगठनले भगवान शिवलाई विन्तिपत्र चढाउने भएका हुन् ।
विश्व शान्तिको कामना गर्दै भगवान शिवलाई विन्तिपत्र चढाउने लागिएको शिवसेनाका अध्यक्ष अनिल बस्नेतले बताए ।
राजनीतिक दल, संघ संगठन र सरोकारवाला समुदायले आफ्ना माग पुरा गराउन राज्य प्रमुख वा राज्यको जिम्मेवार ब्यक्तिलाई ज्ञापनपत्र बुझाउने गर्छन् ।
तर, शिवसेना नेपालले भने भगवान शिवलाई विन्तिपत्र चढाउने भएको छ । पशुपतिनाथमा भगवान शिवलाई विन्तिपत्र चढाउन भारतीय जनता पार्टीका नेता तथा अन्य भक्तजन पनि नेपाल आइसकेका छन् ।
‘दैनिक विश्वमा अशान्ति फैलिदैँछ, शान्तिको माग गर्दै भगवान शिवलाई बिन्तिपत्र चडाउदैछौ,’ अध्यक्ष बस्नेतले भने ‘भोली बिहान ११ बजे पशुपतिमा भगवान शिवलाई बिन्तिपत्र पढेर सुनाउँछौ ।’
पशुपतिनाथलाई विन्तिपत्र चढाउने कार्यक्रममा हिन्दुवादी संगठन र केही दलका नेता पनि सहभागी हुने भएका छन् । नयाँ संविधानमा हिन्दुराष्ट्रको माग गर्दै आएका दलका नेताहरु सहभागी हुने भएका छन् ।